एजेन्सी– साउदी क्लब अल नासरले प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको छ । मुख्य प्रशिक्षक कास्ट्रोले क्लब छोडेको अल नासरले जानकारी दिएको हो ।
अल नासरमा २०२३ को जुलाई ६ देखि कार्यभार सम्हालेका कास्ट्रोलाई क्लबले यस सिजनको शुरुमै बर्खास्त गरेको छ ।
अल नासरले कास्ट्रोको नेतृत्वमा ६२ खेल खेलेकोमा ४४ खेल जितेको थियो भने ११ खेल बराबरी र ७ खेलमा हार बेहोरेको थियो ।
अल नासरले अब एसी मिलानका पूर्व प्रशिक्षक स्तेफानो पिओलीलाई प्रशिक्षक बनाउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
प्रतिक्रिया