नयां बानेश्वरस्थित अल्फा केयरमा पिसिआर परीक्षण सुरु,एकै दिनमा रिपोर्ट दिने व्यवस्था


काठमाण्डु–अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले कोभिड–१९ को पिसिआर परीक्षण सुरु गरेको छ । नयां बानेश्वरस्थित अल्फा हाउंसमा शुक्रबारबाट पिसिआर परीक्षण सुरु गरिएको हो ।

स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त गरी मन्त्रालयले तयार गरेको मापदण्ड अनुसार परीक्षण सुरु गरेको अल्फा केयरका प्रबन्ध निर्देशक प्रा.डा. बिदुर गिरीले जानकारी दिए । उनकाअनुसार अल्फाले गुणस्तरीय ल्याब र किटको प्रयोग गरी पिसिआर परिक्षण सुरु गरेको हो । नेपालका लागी अष्ट्रेलियन राजदूत पिटर बडले अष्ट्रेलिया प्रस्थान गर्नुअघि शुक्रवार अल्फा केयरमै पिसिआर परिक्षण गरेर गरेका थिए ।

अल्फाले मलेकुलर ल्याबअन्तर्गत पिसिआर सुरु गरेको जनाएको छ । यूएस एफडिए स्वीकृत मेसिन र युएस एफडिएको माकुरा कम्पनिले तयार गरेको किट प्रयोग गरी पिसिआर परिक्षण भइरहेको गिरीले जानकारी दिए ।

संस्थामा एमडि, एमएस गरेका मेडिकल डाक्टर तथा माइक्रोबायोलोजी अध्ययन गरेका योग्य ब्यक्तिबाट सेवा प्रदान गरिने अल्फा केयरले जनाएको छ ।

अल्फा केयरले ल्याबसम्म आउन समस्या भएका ब्यक्तिलाई सुरक्षा साबधानी अपनाएर घरमै सेवा दिने सुविधा समेत दिएको छ ।

सरकारले तोकेको मापदण्ड अनुसार गुणस्तरीय सेवा दिने र सरकारले निर्धारण गरेको शुल्कमा पिसिआर परीक्षण हुने अल्फा केयरका प्रबन्ध निर्देशक गिरीले जानकारी दिए । दुई वटा मेसिनबाट दैनिक एक हजार दुई सय परीक्षण गर्न सक्ने क्षमता रहेको दावी उक्त संस्थाले गरेको छ ।

सो ल्याबले बिहानदेखि दिउंसो १ बजेसम्म संकलन भएका स्वाबको बेलुका पांच बजे नै रिपोर्ट दिने व्यवस्था मिलाइएको जानकारी दिएको छ । त्यसैगरी माग बढेमा क्षमता समेत बढाउन सकिने अल्फाले जनाएको छ ।

नयां बानेश्वरस्थित अल्फा हाउसको दोस्रो तलामा १५ हजार बर्गमिटर क्षेत्रफलमा सात करोडको लगानीमा ल्याब संचालनमा आएको हो । डायग्लोस्टीक सेन्टर भएकाले अन्य सेवा समेत गुणस्तरीय रुपमा प्रदान गर्ने सेन्टरले जनाएको छ

अष्ट्रेलिया प्रस्थान गर्नुअघि शुक्रवार अल्फा केयरमा पिसिआर परिक्षण गर्दै नेपालका लागी अष्ट्रेलियन राजदूत पिटर बड –

प्रतिक्रिया दिनुहोस
Advertisement