‘गलबन्दी’ पछि अञ्जली अधिकारीको अर्को भिडियो सार्वजनिक


काठमाडौं – अन्जली अधिकारी अभिनित गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ ।

गायिका इशा कार्कीको स्वर, शव्द, संगीत र संयोजनमा रहेको यस गीत एमवी कृयशनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका हुन् । सन्तोष राजबाहकको कोरियोग्राफ रहेको म्युजिक भिडियोको टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

यस भिडियोमा अन्जली अधिकारी, रबिन बिष्ट लगायतको अभिनय रहेको छ । अधिकारीले यसअघि प्रकाश सपूतको ‘गलबन्दी’ गीतमा पनि अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement