गायिका एलिना चौहानद्वारा पतिसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दर्ता

गायिका एलिना चौहानद्वारा पतिसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दर्ता


काठमाण्डु – गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सम्बन्धविच्छेद गर्न जिल्ला अदालत काठमाण्डुमा फिरादपत्र दायर गरेकी छन् ।

कानूनी रूपमा हुने मानाचामल र अंशबण्डाको हकदाबी नगरी एलिनाले सम्बन्धविच्छेद मात्र माग गरेकी छन् ।

अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले एलिनाले सम्बन्धविच्छेद माग गर्दै फिरादपत्र दायर गरेको जानकारी दिए । ‘उहाँले वारेसमार्फत फिरादपत्र दायर गर्नुभएको छ,’ उनले भने, ‘मानाचामल र अंशबण्डा केही माग्नुभएको छैन, केवल सम्बन्धविच्छेद गर्न चाहेको उल्लेख गर्नुभएको छ ।’

झापाकी एलिना र बाग्लुङका विष्णु सापकोटाबीच केही महिनाअघि विवाह भएको थियो ।