प्रत्यक्ष प्रसारण चलेका बेला अल जजिराको कार्यालयमा छापा मार्न पुग्यो इजरायली सेना

प्रत्यक्ष प्रसारण चलेका बेला अल जजिराको कार्यालयमा छापा मार्न पुग्यो इजरायली सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली सेनाले आफ्नो कब्जामा रहेको वेस्ट बैंकको रामल्लाहस्थित न्युज च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ।

उसले अल जजिराको कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश पनि दिएको छ।

आइतबार बिहान सशस्त्र तथा मुखौटा लगाएका इजरायली सैनिक प्रत्यक्ष प्रसारण भइरहेकै बेला अल जजिराको कार्यालयमा प्रवेश गरेको बीबीसीले जनाएको छ।

त्यसपछि उनीहरूले अल जजिराको वेस्ट बैंक ब्युरो प्रमुख वालिद अल–ओमारीलाई न्युज च्यानल बन्द गर्न आदेश दिए। जुन दर्शकले लाइभ हेरिरहेका थिए।

आतंकवादलाई समर्थन गरेको र बढावा दिएको आरोप लगाइएको छ । अल ओमारीले भने यसरी सञ्चार माध्यमहरुलाई निशाना बनाउनुको उद्देश्य मानिसहरुलाई सही सूचना दिनबाट रोक्नु भएको बताएका छन् ।

गत मे महिनाको सुरुवातमा पनि नजरथ र पूर्वी जेरुसेलमको अल जजिराको कार्यालयमा छापा मारिएको थियो ।