मोबाइल चोरीको आरोपमा पक्राउ परेका दुई प्रहरी निलम्बित


काठमाण्डु – मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका दुईजना प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मोबाइल चोरीको आरोपमा पक्राउ परेका प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरत बहादुर बुढालाई निलम्बन गरेको हो ।

जिल्लाका प्रहरी प्रमुख विश्व अधिकारीका अनुसार उनीहरुमाथि अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । अदालतको अन्तिम फैसला अनुसार उनीहरूले चोरी गरेको ठहरिए सधैंका लागि निलम्बनमा पर्ने भएका छन् ।

५ माघमा ग्लोबल मोबाइल ग्यालरीमा लागुऔषध कारोबारीलाई समात्न गएको टोलीका ती प्रहरी कर्मचारीले पसलबाट मोबाइल चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको हो ।

त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउन सुगरसहित पक्राउ परेका थिए । पसलबाट मोबाइल हराएपछि सञ्चालकले सीसीटीभी हेर्दा प्रहरीले लिएको थाहा पाएपछि उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement