‘ग्रूप अफ फ्रेन्ड्स अफ मेडिएसन’को मन्त्रीस्तरीय ब्रेकफास्ट बैठकमा परराष्ट्रमन्त्री खनाल सहभागी

‘ग्रूप अफ फ्रेन्ड्स अफ मेडिएसन’को मन्त्रीस्तरीय ब्रेकफास्ट बैठकमा परराष्ट्रमन्त्री खनाल सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा न्युयोर्कस्थित टर्किस हाउसमा आयोजित संयुक्त राष्ट्रसंघीय ‘ग्रूप अफ फ्रेन्ड्स अफ मेडिएसन’को मन्त्रीस्तरीय ब्रेकफास्ट बैठकमा सहभागी भएका छन् ।

बैठकमा सहभागी मन्त्रीहरूले द्वन्द्व रोकथाम, विवादको शान्तिपूर्ण समाधान तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि मध्यस्थताको भूमिकाका विषयमा विचार आदानप्रदान गरेका थिए ।

‘ग्रूप अफ फ्रेन्ड्स अफ मेडिएसन’ सन् २०१० मा स्थापना भएको हो र यसको सहअध्यक्षता फिनल्यान्ड र टर्किले गर्दै आएका छन् ।

बैठकमा परराष्ट्रमन्त्री खनालले नेपालले द्वन्द्वको शान्तिपूर्ण समाधान, संवाद र मध्यस्थतालाई महत्व दिँदै आएको बताए । उनले बदलिँदो विश्व परिवेशमा द्वन्द्वको रोकथाम तथा समाधानका लागि संवाद, विश्वास निर्माण र प्रभावकारी मध्यस्थताको आवश्यकता थप महत्वपूर्ण बन्दै गएको धारणा राखेका थिए ।