प्युठानको सरुमारानी ६ मा एमालेका २८ वर्षीय युवाले जिते वडाध्यक्ष


प्युठान – प्युठानको सरुमारानी गाउँपालिका–६ तिरामको वडाध्यक्षमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

एमालेका २८ वर्षीय तीलबहादुर बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका बोमबहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नमबहादुर उलुङ्गे र खड्गबहादुर महरा विजयी भए ।

उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदका लागि एमाले ६ सय ९५ र उपाध्यक्षमा ६ सय ८८ मत ल्याएर अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement