८ पालिकाको नतिजा सार्वजनिक : एमाले ४, कांग्रेस २, एकीकृत समाजवादी २


काठमाण्डु – अहिलेसम्म आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत निर्विरोध भएकासहित ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो ।

अहिलेसम्मको प्राप्त नतिजाअनुसार अध्यक्षमा एमालेले चार वटा पालिकामा बाजी मारेको छ भने कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् ।

एमाले :
मनाङको डिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस:
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

प्रतिक्रिया दिनुहोस
Advertisement