मतदाता नामावली सङ्कलनमा सहयोग गर्न सबै कमिटीहरूलाई एमालेको निर्देशन


काठमाण्डु – नेकपा एमालेले मतदाता नामावली सङ्कलनमा चासो दिन सबै कमिटीहरूलाई निर्देशन दिएको छ । एमालेका महासचिव शङ्कर पोख्रेलले आइतबार एक सर्कुलर जारी गर्दै मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्न र गराउन निर्देशन जारी गरेका हुन् ।

त्यस्तै उनले आगामी दश दिन सम्म हुने मतदाता नामावली सङ्कलन अभियानमा सबैलाई मतदाता नामावली र आवेदन फारम भर्न आग्रह समेत गरेका छन् । १८ वर्ष पुरा भएका सबै नागरिकहरूलाई मतदाता नामावली सङ्कलनमा सहयोग गर्न समेत सर्कुलरमा उल्लेख गरिएको छ ।

उनीहरूलाई पालिका केन्द्रमा पुराउन समेत सहयोग गर्न सबै कमिटीहरूलाई निर्देशन दिइएको छ । मृत्यु भएका, बसाइँ सराइ भएका वा अन्य हिसाबले अयोग्य रहेकाहरूको नामावली हटाउन प्रक्रियागत रूपमा अघि बढ्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement