गीतकार अगम विकरालले ल्याए ‘जोडी शंख टुटाउँदै’

गीतकार अगम विकरालले ल्याए ‘जोडी शंख टुटाउँदै’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गीतकार अगम विकरालको ‘जोडी शंख टुटाउँदै’ गीत सार्वजनिक भएको छ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य चन्द्र रानाहँछाले संगीत भरेको जोडी शंख टुटाउदै गीतलाई श्रेयसी चेम्जोङले मीठो स्वर दिएकी छन्। त्यस्तै उक्त गीतलाई कृष्णभक्त राईले पनि गाइसकेका छन्।

एरेन्जर फणीन्द्र राई रहेको उक्त गीत निकै श्रुतिमधुर बनेको छ।

यसअघि पनि गीतकार विकरालको केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ। एक दर्जन बढी गीत रेकर्ड गराइसकेका गीतकार विकरालको ‘नसम्झिने बाचासँगै’ गीत सुगम सङ्गीतका पारखीमाझ लोकप्रिय छ।

रावासावा प्राज्ञिक समाज नेपालका आजीवन सदस्य गीतकार अगम विकरालको ‘यादको मूर्च्छना’ गीतसंग्रह प्रकाशित छ। रावासावा प्राज्ञिक समाज नेपालले प्रकाशित गरेको ‘यादको मूर्च्छना’ का गीतहरू विभिन्न आयाममा सजिएका छन्। उनका गीतहरू ऊर्जाशील, मार्मिक, रैथाने माटो र जनजीवनसँग सम्बन्धित छन्। प्राज्ञ कवि चन्द्र रानाहँछालाई प्रेरक व्यक्तित्वको रूपमा लिने गीतकार खोटाङ साकेला गाउँपालिकामा जन्मिएका स्रष्टा हुन्।