कोरोना संक्रमणबाट हानका निवर्तमान अध्यक्षको निधन


काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट होटल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ ।

दशैंपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा निधन भएको हो ।

सोल्टिमोडस्थित अमर होटेलका सञ्चालकसमेत रहेका शाक्यलाई निमोनिया भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement