टिमुर खानुका यस्ता छन् फाइदा


काठमाण्डु – टिमुर नेपालमा पाइने एक किसिमको वनस्पति हो । यसको वैज्ञानिक नाम जान्थोजाइलम अर्मेटम हो ।  यसको बिरुवामा काँडैकाँडा हुनुका साथै यसका फलहरू स-साना राता ४ देखि ५ मिलिमिटर व्यासका हुने गर्दछन् । फलको स्वाद तितो, पिरो र जिब्रो परपराउने हुन्छ । यसको फलबाट बास्ना पनि आउँछ ।

प्राय जसो सबै नेपालीहरूको भान्सामा टिमुर पाइने गर्छ । टिमुर खानुले हामीलाई धेरै फाइदा मिल्छ । तर प्राय जसोलाई टिमुरले के फाइदा दिन्छ भन्नेबारे थाहा हुँदैन । यसले गर्दा पनि टिमुर अधिकांशले आफ्नो भान्सामा भएपनि उपयोग गरेका हुँदैनन् । त्यसकारण पनि टिमुरको उपयोग कम भएको पाइन्छ ।

अर्को तर्फ टिमुरलाई स्वादका रुपमा मात्र प्रयोग गरेको पाइन्छ । तर टिमुर स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि धेरै फाइदाजनक मानिन्छ । आयुर्वेदिक पर्णाली अनुसार टिमुरले मासिलाई स्वस्थ राख्नुमा ठुलो भुमिका खेलेको हुन्छ । 

टिमुर खानुका यस्ता छन्  फाइदाहरू:

– टिमुरले दाँत दुख्ने समस्यामा राहत मिल्छ । 

– आयुर्वेदिकका अनुसार दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजीर्ण, हैजा आदी समस्यालाई निको पार्ने काम गर्छ ।

– टिमुरले न्यून रक्तचाप भएका व्यक्तिलाई पनि फाइदा पुर्याउने गर्छ ।

– गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा टिमुरको तेलले मसाज गरि निको गराइन्छ ।

– टिमुरमा फस्फोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।

-टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ ।

– टिमुरले यसले भोक जगाउने काम गर्छ ।

– पेट दुखेमा पेटमा ग्यास भरिएमा पनि टिमुरको प्रयोग गर्दा राम्रो हुन्छ ।

– टिमुरले रुघाखोकी ठिक गर्छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement