एमाले अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


काठमाण्डु – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ ।

बालकोटस्थित अध्यक्ष ओली निवास पुग्नुभएका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ । करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिउकाे बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement