भारतदेखि पोर्चुगलसम्मका ७ राजदूत फिर्ता बोलाउने सरकारको तयारी


काठमाण्डु – सरकारले भारतदेखि पोर्चुगलसम्मका ७ राजदूत फिर्ता बोलाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सम्मिलित गठबन्धन छाडेर नेकपा एमालेसँग मिलेपछि केही राजदूत फिर्ता बोलाउने तयारी थालिएको छ ।

नयाँ गठबन्धन सरकारले नेपाली कांग्रेसले राजनीतिक रूपमा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो । मन्त्रिपरिषद्को आगामी बैठकले राजदूत फिर्ता बोलाउनेबारे निर्णय लिने उच्च स्रोतको दाबी छ ।

नयाँ दूतावास स्थापना गरेर कांग्रेसमार्फत चोलेन्द्र शमशेर राणाको सिफारिसमा पोर्चुगलका लागि नियुक्त भएका नेपाली राजदूत लगायत अमेरिका, भारत, दक्षिण कोरिया, इजरायल, कतार र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने तयारी भइरहेको छ ।

नेपाली कांग्रेस यतिबेला सत्ता गठबन्धनबाट बाहिर रहेको छ । राजदूत फिर्ता बोलाउने सम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयले तयार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement