अमेरिकामा एक तिहाइभन्दा बढी मृत्युदण्ड अत्यधिक समस्याग्रस्त: रिपोर्ट


एजेन्सी – यस वर्ष अमेरिकामा एक तिहाइभन्दा बढी मृत्युदण्ड अत्यधिक समस्याग्रस्त रहेको एक नयाँ रिपोर्टले देखाएको छ। मृत्युदण्ड सूचना केन्द्र (डीपीआईसी)ले २० मध्ये सातवटा मृत्युदण्डको प्रयासलाई समस्याग्रस्त वा अत्याधिक समय लागेको जनाएको हो ।

एउटा घटनामा अलाबामाका जल्लादहरूले आइभी लाइन तय गर्न तीन घण्टा लगाए, जसलाई अमेरिकी इतिहासमा सबैभन्दा लामो घातक सुई मानिएको छ । वर्षभरी ६ राज्यमा कुल १८ जनालाई मृत्युदण्ड दिइएको थियो । जुन हालैका वर्षहरूमा सबैभन्दा कम संख्या हो। ‘सबै सूचकहरूले मृत्युदण्डमा निरन्तर गिरावट आएको संकेत गर्दछ’, डीपीआइसीका कार्यकारी निर्देशक रोबर्ट डनहमले भने।

चार राज्यहरू इडाहो, ओहायो, टेनेसी र दक्षिण क्यारोलिनाका अधिकारीहरूले फाँसीको प्रोटोकलहरू पूरा गर्न नसकेपछि मृत्युदण्डलाई रोकिनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement