अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : अमेरिकी विदेशमन्त्री ब्लिंकेन


एजेन्सी-  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन् । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका हुन् ।

बीबीसी समाचार समितले दिएको आफ्नु पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएको बताइएको छ ।

सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेकाे समाचारमा जनाइएको छ । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आउनु भएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौ निर्णयलाई उल्टाइएको छ ।एएफपी

प्रतिक्रिया दिनुहोस
Advertisement