अमेरिकामा कोरोना संक्रमित बालबालिका ह्वात्तै बढे

अमेरिकामा कोरोना संक्रमित बालबालिका ह्वात्तै बढे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकामा कोरोना संक्रमण भई अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार कोरोना भाइरस सक्रमण भएर अस्पताल भर्ना हुनेमा १२ वर्ष मुनिका बालबालिका रहेका छन् । अमेरिकाभरि अहिले झन्डै २ हजार बालबालिका कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन् ।

बालबालिकाका लागि खोप नभएको र निकै संक्रामक डेल्टा भेरियन्टको संक्रमणको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको पाइएको हो । बालबालिकासँगै संक्रमित भएर अस्पताल भर्ना हुने युवाहरूको संख्या पनि अमेरिकामा बढेको छ ।