अमेरिकामा झण्डै सात सय आप्रवासी कामदार पक्राउ


एजेन्सी – अमेरिकी आप्रवासन अधिकारीहरुले अमेरिकाको मिसिसिपीका विभिन्न कम्पनीमा कार्यरत ६ सय ८० जना कामदार पक्राउ गरेको छ ।

बुधबार मिसिसिपीका सात वटा कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा हानेर ६ सय ८० जना आप्रवासी कामदार पक्राउ गरिएको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टले जनाएको छ ।

ती कम्पनीका व्यापरिक रेकर्डहरू पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ । पक्राउ परेकाहरू कुन–कुन देशका हुन भन्ने खुलाइएको छैन । मेक्सिकोको महावाणिज्यदूतावासले घटनास्थलमा गएर आफ्ना नागरिक पक्राउ परेको भए आवश्यक सहयोग गर्ने जनाएको छ ।

डेढ महिनाअघि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने अभियान थालेको थियो । अमेरिकामा अहिले झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement