काठमाण्डु-अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको जङ्गलमा फेरि डढेलो लागेको छ । जसका कारण त्यहाँबाट हजारौंलाई सुरक्षित स्थानमा लगिएको छ । शहरबाट ४५ माइल टाढा रहेको स्थानमा आगो लागेको हो ।
यो आगो कास्टिक तालनजिकैको पहाडी क्षेत्रमा लागेको बीबीसीले उल्लेख गरेको छ । उक्त स्थाननजिकै धेरै आवासीय क्षेत्रहरू छन् । तीव्र हावा र सुख्खा मौसमका कारण आगो तीव्र गतिमा फैलिएको छ ।
यो पछिल्लो डढेलोले हासम्म कसकैको घरमा क्षति पुर्याएको छैन । तर, करबि १९ हजार जना भने उक्त स्थान छाड्न बाध्य भएका छन् । अमेरिकाको क्यालिफोर्नियामा अग्नि नियन्त्रकहरू अझै पनि डढेलो नियन्त्रण गर्ने प्रयासमा छन् ।
यसअघि यो क्षेत्रमा लागेको डढेलोका कारण आवासीय क्षेत्रका कयौँ आलिसान घरहरू ध्वस्त भएका थिए । आगलागीका कारण हालसम्म कम्तिमा २५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।
प्रतिक्रिया