क्यालिफोर्नियामा नेपालीले सुरु गरे पशुपालन फर्म हाउस,राजदूत खतिवडाद्धारा उद्धघाटन

क्यालिफोर्नियामा नेपालीले सुरु गरे पशुपालन फर्म हाउस,राजदूत खतिवडाद्धारा उद्धघाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यालिफोर्निया- संयुक्त राज्य अमेरिकाकाका लागि नेपाली राजदूत डा.युबराज खतिवडाले क्यालिफोर्नियामा एक कृषि फर्मको उद्घघाटन गरेका छन् । नेपालीको संयुक्त लगानीमा स्थापित ओहो भेन्चर एलएलसी कम्पनीद्वारा संचालित सो कृषि फर्ममा हाल बाख्रा र गाई पालन गरिनुका साथै मकै खेति पनि सुरु गरिएको छ ।

हाल क्यालिफोर्निया भ्रमणमा रहनु भएका राजदूत खतिवडा सो स्थलमा पुग्दा कम्पनीका संचालक तथा नेपाल खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, संचालक तथा पूर्व प्रहरी अधिकारी सागर थापा तथा पूर्व राष्ट्रिय खेलाडी पदम तामांगले स्वागत गरेका थिए ।

सो अबसरमा राजदूत खतिवडाले नेपालीले बिदेशमा संचालन गरेको ब्यबसायको सरहना गर्दै सफलताको शुभकामना ब्यक्त गरेका थिए । कम्पनी संचालकका तर्फबाट पुर्ब उपाध्यक्ष तिम्सिनाले योजनाका बारेमा जानकारी गराएका थिए।

संचालकहरुका अनुसार सबै निर्माणका प्रक्रिया पुरा भैसकेका कारण तत्काल खसीको मासु बिक्रि पनि सुरु गर्न लगिएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिदै गएकोले त्यसका लागि बिशेष तयारी समेत गरिएको उदघाटन कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा क्यालिफोर्निया च्याप्टरका महाबाणिज्यदुत ऋषी ढकाल र पर्यटनदुत धना दवाडी पनि उपस्थित थिए । सो फर्म क्यालिफोर्नियाको चर्चित शान्ता रोजाको कोटाटीस्थित १० हेक्टर जग्गामा फैलिएको छ।