अमेरिकामा १४ बर्षिय बालकले गोली चलाउँदा २ विद्यार्थीसहित ४ जनाको मृत्यु, ९ जना घाइते

अमेरिकामा १४ बर्षिय बालकले गोली चलाउँदा २ विद्यार्थीसहित ४ जनाको मृत्यु, ९ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् ।

एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षिय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

गोली चलाउने बालकपनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन् ।

प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारवाही गर्ने बताएको छ ।

अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गर्दछन् । २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औ घटना हो । यस अघि २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो बने २०२२मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए ।

राष्ट्रपति जो बाइडनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गरेका छन् ।