अमेरिकामा गोली चल्यो, ७ जनाको मृत्यु


एजेन्सी – अमेरिकाको विस्कन्सिस राज्यको बीयर बनाउने एक कम्पनीमा गोलीबारी भएको छ । उक्त गोलीबारीमा ७ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो (स्तथानीय समय अनुसार) मालसन कुर्स कम्प्लेक्समा एक हतियारधारी व्यक्तिले अन्धाधुन्द फायरिङ सुरु गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

आक्रमणकारीलाई नियन्त्रणमा लिदाको अवस्थासम्म कयौं व्यक्तिको मृत्यु भइसकेको थियो । विस्कन्सिसका मेयर टम बेरेटले भने, “यो अत्यन्त भयावह थियो । कयौं मानिसको मृत्यु भएको छ । मलाई लागेको छ कि आक्रमणकारी पनि मारिएका छन् ।”

जानकारीका अनुसार आक्रमणकारी गोलाबारी भएकै कम्प्लेक्समा काम गर्दै आएका थिए । यो बीयर बनाउने एकाईमा करिब ६०० मानिस काम गर्दथे । गोलाबारी भएको मौवाकीको ठाउलाई मिलर भेली भनिन्छ । मिलर भेलीमा १६० वर्ष पुरानो बीयर बनाउने कम्पनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement