नेपाललाई ८५ लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा


काठमाण्डु – अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै अमेरिकाले नेपाललाई थप ८५ लाख अमेरिकी डलर सहयोग गर्ने बताएको छ ।

उक्त सहयोग रकम कोरोना परिक्षण, कन्ट्रयाक ट्रेसिङ, केसको अनुसन्धान, उपचार, संक्रमण रोकथाम र नियन्त्रण, सीमा नियन्त्रण र अन्य संघीय, प्रादेशिक र स्थानीय तहका लागि खर्च हुने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement