प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत बेरीले बिहीबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र सहयोग सम्बन्धी छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । कांग्रेस सभापति देउवालाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

राजदूत बेरीले देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए । उनले नेपाल अमेरिकाबीचको ७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहेको बताएका थिए ।