अमेरिकी जहाजलाई ध्वस्त पारिदिने रुसको धम्की


एजेन्सी – रुसले आफ्नो समुद्री इलाकामा प्रवेश गर्ने अमेरिकी जहाजलाई ध्वस्त पार्ने धम्की दिएको छ । अमेरिकी युद्धपोत जापान सागरमा प्रवेश गरेको र रुसले अमेरिकी नौसेनाको विध्वंस मच्चाउने जहाजलाई पछ्याएको जानकारी दिएको छ ।

अमेरिकी नौसेनाको यो युद्धपोत जहाजको नाम ‘यूएसएस जोन एस म्याकेन’ हो । रुसका अनुसार ‘यूएसएस जोन एस म्याकेन’ उसको समुद्री सीमाको ‘पीटर द ग्रेट गल्फ’ को क्षेत्रमा दुई किलोमिटर भित्रसम्म गएको थियो ।

रुसले उक्त जहाज नष्ट गर्ने चेतावनी दिएपछि उक्त जहाज आफ्नो इलाकामा फिर्ता भएको जानकारी दिएको छ ।

यद्यपि अमेरिकी नौसेनाले कुनै गल्ती गरेको अस्विकार गरेको छ र आफ्नो जहाजलाई कतैबाट पनि जान नभनिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement