काठमाण्डु– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीमा तैनाथ ५ हजार सैनिकलाई फिर्ता बोलाउने भएको छ ।
अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन)ले शुक्रबार नेटो सहयोगी जर्मनीबाट ५ हजार सेना फिर्ता बोलाउने निर्णय गरेको हो।
मन्त्रालयले आगामी ६ देखि १२ महिनाभित्र आफ्ना आधार शिविरहरूबाट सैनिकहरुलाई फिर्ता बोलाइने तयारी गरेको बीबीसीले जनाएको छ।
अमेरिकन सैनिक फिर्ता गर्ने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रिड्रिख मर्जबीच इरानसँगको युद्धका विषयमा भएको विवादपछि आएको हो।
साथै, राष्ट्रपति ट्रम्पले अमेरिकामा आयात हुने युरोपेली सवारीसाधनमा थप भन्सार शुल्क बढाउने बताएका छन्।
जर्मनीमा अमेरिकी सेनाका झन्डै ३५ हजार कर्मचारी कार्यरत छन्, जुन युरोपका अन्य कुनै ठाउँ भन्दा बढी हो।




प्रतिक्रिया