अमेरिकाको भिसा र ग्रीन कार्ड लिने प्रक्रियामा कडाई, फारम भरेकाहरुको आवेदन अस्वीकार – KathmanduPati
अन्तरास्ट्रिय ब्रेकिंग न्युज

अमेरिकाको भिसा र ग्रीन कार्ड लिने प्रक्रियामा कडाई, फारम भरेकाहरुको आवेदन अस्वीकार

एजेन्सी – आप्रवासीका मामलामा सुरुदेखि नै कठोर बन्दै आएको ट्रम्प प्रशासनले आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ गरेको छ ।

dish home

यसबाट अमेरिकामै एक बर्षभन्दा बढी बस्न चाहने र सरकारी सुविधा पाउने आप्रवासी प्रभावित भएका कारण नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने आप्रवासीलाई कडाइ गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

 सोमबार ट्रम्प प्रशासनले नयाँ नियम घोषणा गर्दै अब ग्रीनकार्डका लागि फारम भरेकाहरुको आवेदन पनि अस्वीकार गरेको छ । भविष्यमा यसको आवश्यकता परेमा मात्रै ग्रीन कार्ड लागि फारम भरेकाको आवेदनलाई अनुमति दिइने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको हित र देशको सुरक्षाका लागि आप्रवासीलाई कडाइ गरिएको बताएका छन् ।

अमेरिकी नागरिकता तथा आप्रवासी सेवा विभागका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले ग्रीनकार्डका लागि आवेदन दिएका आप्रवासीहरुको आर्थिक अवस्था, शिक्षा, उमेर र अङ्ग्रेजी भाषाको ज्ञानका आधारमा निर्णय लिइने बताए । यो नियम आउँदो महिनाको अक्टोबर १५ ताखिरबाट लागू हुनेछ ।

यस नियमले यसअघि नै अमेरिकामा रहेका र शरणार्थी शिविरमा बसेका आप्रवासीलाईभन्दा नयाँ अमेरिकी भिसा र ग्रीन कार्ड लिने चाहेका व्यक्तिलाई असर गर्ने बीबीसीले जनाएको छ ।

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top