रासायनिक आक्रमणबारे अमेरिकाको रूसलाई चेतावनी


 अमेरिका- सिरियामा केही दिन पहिले भएको रासायनिक हतियार आक्रमणको प्रतिक्रियास्वरूप ‘क्षेप्यास्त्र प्रहार गरिन सक्ने’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वुधबार बताएका छन् । ट्रम्पको उक्त चेतावनी सिरियाको रसायनिक हतियार आक्रमणमा रूसको सहयोग रहेको आशंकामा रूसलाई लक्षित गरेर आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

मस्कोसँगको जारी बढ्दो विवादमा उर्जा थप्दै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा सिरियामा अहिलेसम्मकै कडा सैन्य कारबाही गरिने तयारी रहेको बताउएका छन् । ट्रम्पको ट्वीटमा लेखिएको छ, ‘रूसले सिरियामा गरिने हरेक क्षेप्यास्त्रलाई बीचमै खासालिदिने बताएको छ । रूस तयार होस् । तिनीहरू (क्षेप्यास्त्रहरू) नयाँ, राम्रो तथा तीब्ररूपमा आउने छन् । आफ्नै जनतालाई जनावर मार्ने विषाक्त रसायनको प्रयोगले नास गर्ने सिरियाको सहयोगी रूस हुने छैन ।’

दमास्कसले सिरियामा ‘आतङ्कवादी’लाई सघाएको भनी लामो समयदेखि वासिङटनमाथि आरोप लगाउँदै आएको छ भने अमेरिकाले वसर अल असद सरकारको विरोध गर्ने प्रतिपक्षी समूहमाथि नै आक्रमण गरेको भन्दै प्रजातान्त्रिक विद्रोही समूहलाई अप्रत्यक्ष सहयोग पु¥याउँदै आएको छ ।

यसैबीच सिरियाली प्रशासनले भने अमेरिकाजस्ता मुलुकबाट आउने यस्ता गैरजिम्मेवार अभिव्यक्तिबाट आश्चर्यमा नपर्ने  बताएको छ ।अमेरिकी राष्ट्रपति ट्रम्प तथा अन्य पश्चिमी नेताहरूले शनिबार गुटाको डुमा क्षेत्रमा ४० जनाको ज्यान जाने गरी र करिब ५०० जना प्रभावित हुनेगरी गरिएको आक्रमणको शीघ्र तथा दवावपूर्ण प्रतिक्रिया दिने प्रतिवद्धता जनाइसकेका छन् ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले मङ्गलबार सिरियाबारे कूटनीतिक समाधान निकाल्न गरेको प्रयास मस्को र वासिङ्टनबीच सिरियामा भएको रासायनिक हतियार प्रयोगबारे अन्तर्रा्ष्ट्रिय अनुसन्धानका लागि आएको फरक फरक मतका कारण असफल भएको थियो । ट्रम्पले अर्को एक ट्वीटमा अमेरिका र रूसबीचको सम्बन्धमा शीतयुद्ध र त्यसपछिका दिनमा नै अत्यन्त्यै बिग्रेको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस
Advertisement