अमेरिकाको वासिङ्टनमा भीषण वर्षा, ह्वाइट हाउस समेत डुवानमा


एजेन्सी – अविरल वर्षापछि आएको बाढीका कारण अमेरिकाको वासिङ्टन डिसी जलमग्न भएको छ । साथै बाढीका कारण अधिकांश घर डुबानमा परेपछि जनजीवन प्रभावित भएको छ ।

बाढीका कारण भूमिगत रेल सेवा ठप्प भएको छ भने हवाई र सडकमार्ग पनि बन्द भएको छ । वर्षाका कारण वासिङटनस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत डुबानमा परेको बताइएको छ । कार्यालयमा रहेको बेसमेन्टमा पानी पसेको बताइएको छ ।

नेशनल आर्काइभ भवनमा बिजुली आपूर्ति अवरुद्ध भएको छ । म्युजियम रहेको क्षेत्रमा पनि पानी पसेको छ । बाढीका कारण प्रभावित बनेकाहरुको उद्धार र राहतको कार्य भइरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाको मौसम विभागले अझै खतरा रहेको भन्दै बिना कारण मानिसहरुलाई बाहिर नआउन आग्रह गर्दै सबैलाई सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement