अमेरिकामा १६ वर्षपछि मृत्युदण्डको सजाय


एजेन्सी – अमेरिकाले १६ वर्षपछि मृत्युदण्डको सजाय कार्यन्वयन गर्ने भएको छ ।

महान्यायाधिवक्ता विलियम बारले ब्युरो अफ प्रिजन्स (बीओपी)लाई पाँचजना कैदीहको मृत्युदण्डको मिति तय गर्न निर्देशन दिएका छन् । बालबालिका तथा ज्येष्ठ नागरिकको हत्या वा बलात्कारमा दोषी पाइएका पाँच जनालाई मृत्युदण्ड दिन लागिएको हो ।

उनीहरूले पाएको मृत्युदण्ड आगामी डिसेम्बर र सन् २०२० को जनवरीमा कार्यान्वयन गर्ने मिति तय गरिएको छ ।

अमेरिकाले पछिल्ला १६ वर्षदेखि कसैलाई पनि मृत्युदण्ड दिएको थिएन । तर, त्यहाँको न्याय मन्त्रालयले लामो समयपछि पुनः सो व्यवस्था कार्यान्वयन गर्ने घोषणा गरेको हो । यो घोषणाले राज्यद्वारा निर्दे्शित मृत्युदण्डको विरोधका रूपमा संघीय सरकारले जारी राखेको एउटा अघोषित स्थगनलाई हटाइदिएको छ ।

संघीय सरकारले सन् २००३ मा खाडी युद्धका बेला एक १९ वर्षीय सैनिक ट्रेसी जोय म्याकब्राइडको हत्या आरोपमा ५३ वर्षीय लुइस जोन्स जुनियरलाई मृत्युदण्ड दिएपश्चात् अघोषित स्थगन गर्दै कसैलाई मृत्युदण्ड दिएको थिएन ।

सन् १९७२ मा सर्वोच्च अदालतको एउटा आदेशले राज्य र संघ तहका सबै मृत्युदण्डलाई खारेज गरिदिएको थियो । सर्वोच्चले मृत्युदण्डसम्बन्धी कानूनहरूलाई पनि खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement