उबर चालक खड्कामाथि हातपात गर्ने युवती पक्राउ, कडा कारबाही गर्न राष्ट्रपतिको निर्देशन


एजेन्सी – अमेरिकामा उबर चालक शुभाकर खड्कामाथि हातपात गरेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

सानफ्रान्सिस्कोमा नेपाली युवक खड्कामाथि तीन जना युवतीहरुले दुर्व्यवहार गरेका थिए । नेपाली उबर चालक खड्कालाई गत आइतबार हातपात गर्ने २४ वर्षीया मलेसिया किंगलाई बिहीबार पक्राउ गरिएको हो ।

घटनामा संलग्न अर्की महिलाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । ललितपुरका खड्का आठ वर्षअघि अमेरिका गएका थिए । उनी सानफ्रान्सिस्को शहरमा गत आइतबार यात्रुको दुर्व्यवहारमा परेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले घटामा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका छन् । उनले कोरोना भाइरस संक्रमणको महामारीमा एशियाली मूलका मानिसहरुमाथि अमेरिकामा भइरहेको घृणित कार्य तत्काल रोक्न पनि निर्देशन दिएका छन् ।

‘उनीहरु अमेरिकामा सडकमा डरमा हिँड्न बाध्य छन् । यो गलत हो, यो अमेरिका हो र यो रोक्नुपर्दछ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement