काठमाण्डु–नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ घटेको राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ५० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा थियो।
यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५४ पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५६ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०६ रुपैयाँ १२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा थियो।
त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९४ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ २४ पैसा र बिक्रीदर ५०० रुपैयाँ २० पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ २१ पैसा र बिक्रीदर ५०० रुपैयाँ १६ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९० पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।




प्रतिक्रिया