अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ हो : इरान


तेहरान –अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताएका छन् । शनिबार इरानको भ्रमणमा रहेका क्षेत्रीय अधिकारीहरूसँग कुरा गर्दै इश्लामिक राष्ट्रहरूको संयुक्त मोर्चा बनाई इश्लाम धर्म भएकै कारण दबाबमा परेका अरब राष्ट्रहरूको उन्नति क्षेत्रीय एकताबाट मात्र सम्भब भएको राष्ट्रपति रौहानीले बताए ।

“अमेरिकाको पक्षपाती तथा गैर–कानूनी प्रतिबन्ध आफ्नो सम्मानित राष्ट्रको प्रगतिलाई लक्षित गरी आएको आर्थिक नाकावन्दी भएको हो,” उनले बताए । अफगानिस्तान, चीन, पाकिस्तान, रूस र टर्कीका उच्च अधिकारी सम्मेलनमा सहभागी रहेका छन् ।

आर्थिक आतङ्कवाद इरानको अर्थतन्त्रमा सङ्कट उत्पन्न गर्न र यसबाट अन्य मुलुकहरूमा लगानी भित्रिनबाट रोक्नलाई तर्साउने अमेरिकी ट्रम्प प्रशासनले रचेको चालवाजी भएको उनले बताए । एएफपी

प्रतिक्रिया दिनुहोस
Advertisement