बेरी नयां अमेरिकी राजदूत, टप्लिजले पाईन श्रीलंकाको राजदूतको जिम्मेवारी


काठमाडौं – नेपालमा नयां अमेरिकी राजदूतमा रयाण्डी डब्लु बेरी सिफारिस भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई नेपालका लागि नयां राजदूतका रुपमा सिफारिस गरेका हुन् । अमेरिकाको संसदले उनको सिफारिस पारित गरेलगत्तै बेरीको नेपाल आगमन हुनेछ । हाल नेपालकी राजदूत रहेकी अलाइना बी टप्लिज श्रीलंका र माल्दिभ्समा राजदूतकै रुपमा जाने भएकी छिन् ।

सन् १९९३ मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनितिज्ञको भूमिका निर्वाह गरिसकेका छन् ।

उनले सन् २००७ देखि ९ सम्म नेपालस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा काम गरिसकेका छन् । बेरीले न्युजिल्याण्डमा कन्सुल जनरलको भूमिका पनि निभाइसकेका छन् ।

उनी समलंगी अधिकारकर्मी समेत हुन् । आफैं पुरुष समलिंगी पनि हुन् । तत्कालीन राष्ट्रपति बराह ओबामाले उनलाई अमेरिकाको समलिंगी अधिकार सम्बन्धी अन्तर्रा्ष्ट्रिय दूतमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement