काठमाण्डु पुगे कतारका अमिर शेख, राष्ट्रपति पौडेलद्वारा स्वागत


काठमाण्डु – कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाण्डु पुगेका छन् ।

अमिर शेखलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । निजी विमानबाट पौने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राजा थानीलाई राष्ट्रपति पौडेल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका छन् ।

काठमाण्डु पुगेलगत्तै उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement