मेरो निधनपछि सम्पत्ति छोरा छोरी दुबैलाई : अमिताभ बच्चन


एजेन्सी – लोकप्रिय तथा बलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेता अमिताभ बच्चनले आफ्नो निधनपछि आफ्नो सम्पत्तिबारे भारतीय परम्परा ताड्दै बोल्ड निर्णय गरेका छन् ।

अभिनेता अमिताभ बच्चनले भारतीय परम्परा तोड्दै आफ्नो निधनपछि आफ्ना सम्पत्ति छोराले मात्र नपाउने घोषणा गरेका छन् ।

उनले छोरा र छोरीका सवालमा एउटा महत्वपूर्ण निर्णय लिँदै पैतृक सम्पत्तिमा छोराको मात्र हक लाग्ने भारतीय समाजको विभेदकारी संस्कारविपरीत अमिताभले आफ्नो सम्पत्ति छोरा र छोरी दुवैलाई बराबर दिने घोषणा गरेका हुन् ।

अमिताभका एक छोरा अभिनेता अभिषेक बच्चन हुन् भने एक छोरी स्वेता नन्दा हुन् ।

हालै उनले आफूले चलाउँदै आएको एक टेलिभिजन कार्यक्रममा आएका अतिथितसमक्ष आफ्नो अवसानपछि आफ्नो सम्पति आफ्ना एक मात्र छोरा अभिषेक बच्चनले नपाउने घोषणा गरेका हुन् । त्यसमा छोरी स्वता नन्दाको पनि बराबरी हक लाग्ने उनले बताएका छन् ।

उनले भने, ‘म नरहेपछि धेरथोर जे जति सम्पति छ, त्यो मेरा सन्तानको हुनेछ । मेरा एक छोरा र एक छोरी छन् । यो दुवैलाई बराबरी बाँडिनेछ ।’

यो घोषणा गर्दै उनले भारतीय समाजमा लैंगिक समानताको सन्देश दिन खोजेका हुन् । अमिताभको उक्त निर्णयको धेरैले स्वागत र प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement