अमिताभ बच्चनको स्वास्थ्यमा समस्या, शल्यक्रियाको तयारी


एजेन्सी – भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रिएको छ । अभिनेता बच्चन स्वयंले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएकोबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

शनिबार बच्चनले ट्वीटरमा पोस्ट गर्दै आफ्नो स्वास्थ्य अवस्था खराब भएको र सर्जरीको तयारी भैरहेको बताएका थिए । उनले लेखेका छन, ‘मेडिकल कण्डिसन…सर्जरी… धेरै केही लेख्न सक्दिनँ।’

उनले आफ्नो स्वास्थ्यमा कस्तो खराबी आएको भन्ने बारे केही खुलाएका छैनन । अमिताभले ट्वीटरमा ‘केही आवश्यकता भन्दा बढी भएको छ । केही काटेर फालेपछि स्वास्थ्य सुध्रनेवाला छ । भोलि नै थाहा हुनेछ के हुँदैछ भनेर’  उनले लेखेका छन् ।

अमिताभलाई गत वर्ष कोभिड–१९ को संक्रमण भएको थियो । संक्रमण भएपछि उनी कैयौं दिनसम्म अस्पताल बस्नु परेको थियो ।

अमिताभको स्वास्थ्य अवस्थाको बारेमा सार्वजनिक भएपछि उनका फ्यान तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement