अभिषेक बच्चनले जिते कोरोना, आजै डिस्चार्ज हुने


एजेन्सी – बलिउड अभिनेता अभिषेक बच्चनले कोरोना जितेका छन् । कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि मुम्बईको नानावती अस्पताल भर्ना भएका अभिषेकको रिपोर्ट नेगेटिभ आएको हो । उनी आजै डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।

साथै अमिताभ बच्चनको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अमिताभको अझै दुई वटा स्वाव टेस्ट गरिनेछ । ती परीक्षणको रिपोर्टका आधारमा उनी डिस्चार्ज हुनेछन् ।

अमिताभका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि संक्रमण देखिएको थियो । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement