कोरोना संक्रमित अमिताभ र अभिषेक बच्चनको स्वास्थ्य अवस्था कस्तो छ ?


एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्च कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अहिले मुम्बईको नानावती अस्पतालमा भर्ना भएका हुन् ।

आइसोलेसनमा भर्ना भएका उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । ७७ वर्षीय अमिताभले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका थिए । त्यसको केही समयपछि अभिषेकलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै अभिनेत्री ऐश्वर्या राय र जया बच्चनको भने कोरोना संक्रमण नगेटिभ आएको छ । अमिताभ बच्चन कोरोना भाइरस संक्रमणबारे सचेतना फैलाउन काममा सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement