अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण मुक्त


एजेन्सी – भारतीय अभिनेता अमिताभ बच्चन कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

कोरोना उपचारपछि स्वस्थ बनेका अमिताभ मुम्बईको नानभती अस्पतालबाट २३ दिनपछि डिस्चार्ज भएका छन् ।

अमिताभ कोरोनामुक्त भएपनि उनका छोरा अभिषेक बच्चन भने अझै कोरोना संक्रमित नै छन् ।

अभिषेक बच्चन लेख्छन्, ‘मेरो बुबाको रिपोर्ट नेगेटिभ आएको छ । उहाँलाई अस्पतालबाट डिस्चार्ज गरियो । उहाँ घरमा आराम गर्नुहुनेछ । तपाईहरुको प्रार्थनाका लागि धन्यवाद दिन चाहान्छु ।’

यसअघि अभिषेकका श्रीमती ऐश्वर्या र उनका छोरी आरध्या कोरोनामुक्त भएका थिए । ७७ वर्षका अमिताभले यसअघि जुलाई ११ मा आफू र छोरालाई कोरोना संक्रमण भएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement