एसिड पीडितका लागि कानून ल्याउने प्रधानमन्त्रीको निर्णयप्रति अमिताभ बच्चनले दिए ‘बधाई’


एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको पक्षमा कानून बनाउने निर्णय गरेको नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

सोमबार ट्वीटरमार्फत अभिनेता बच्चनले नयाँ कानून ल्याउने सरकारको निर्णयको स्वागत गर्दै यस अभियानलाई सफल बनाउने अभियन्ता उज्वल थापालाई धन्यवाद दिएका छन् ।

‘एसिड पीडितको मुद्दामा तपाईको कडा परिश्रमको फल प्राप्त भयो । धेरै बधाई छ । राम्रो काम जारी राख्नुहोस्’, उनले भनेका छन् ।

उनले उक्त कार्य नेपाललाई मात्र नभई भारतका लागि पनि उत्तिकै प्रेरणादायी हुने बताएका छन् ।

केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितको पक्षमा कडा कानून ल्याउन निर्देशन दिएका थिए । उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार पार्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement