गंगा दाहालले व्यापारीसँग लिएको घुसको प्रमाण सार्वजनिक गर्छु: सांसद अमरेश


काठमाण्डु- स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डकी स्वकीय सचिव (छोरी) गंगा दाहालले व्यापारीसँग लिएको घुसको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत सिंहले गंगा दाहालले व्यापारीसँग लिएको घुसको प्रमाण आफूसँग सुरक्षित रहेकाले समय आएपछि सार्वजनिक गर्ने बताएका हुन् ।

‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचीव गंगा दाहालले कुन कुन व्यापारीसँग कुन कुन मामिलामा कति रकम बुझेका छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु’ उनले फेसबुकमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement