काठमाण्डु– प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले परराष्ट्रमन्त्रीलाई परराष्ट्रनीति थाहा नभएको आरोप लगाएका छन् ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले ठूला देशलाई जिस्क्याउने काम गरिरहेको आरोप लगाएका हुन्।
भारत र पाकिस्तानबीच युद्ध सुरु भएकाबेला पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणको आउनु उपयुक्त नभएको बताए । उनले अहिले पाकिस्तानका तीनवटै आर्मीको ११ जना नेपालमा रहेको बताए।
उनले भने ‘सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन। किनकि साइकोलोजी पढेको व्यक्ति परराष्ट्रमन्त्री भएको छ। त्यसैले उहाँलाई डिम्लोमेसी र परराष्ट्र नीति भनेको के हो नै थाहा छैन। भारत र पाकिस्तानबीच युद्ध सुरु भएको छ। नेपालसँग खुला सीमा छ। सरकारले ध्यान त्यता केन्द्रित हुनुपर्छ कुनै आतङ्कवादी गतिविधि नहोस्।’
प्रतिक्रिया