काठमाण्डु– रास्वपा सांसद् अमरेशकुमार सिंहले जनतामा सरकारको विश्वास घट्दै गइरहेको बताएका छन् ।आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बारा, सप्तरीका बालिका हत्या देखि कप्तानगन्जको घटनासम्मलाई लिएर सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताए ।
‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीको दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या मिटरब्याज, लघुवित्त पीडित, चाहे डाक्टरको होस् । दिनकै भइरहेका यस्ता घटनाले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ ।’
उनले थपे ‘अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले नेपाली जनतालाई दुःखमा छन् । ‘जब समाजमा बेथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ । यसलाई राम्रो छलफलको आवश्यकता छ।’




प्रतिक्रिया