काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले मधेसमा गोली चलाइएको विषयमा राज्यसँग जवाफ मागेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले मधेस प्रदेशमा हुने जुनसुकैं घटनामा लाठी र अश्रुग्यास प्रयोग नगरी सिधै गोली किन चल्छ भन्दै प्रश्न गरेका हुन् ।
उनले भने ‘म २०६३ देखि सांसद छु। मेरो प्रश्न राज्यसँग छ, मधेसमा साम्प्रदायिक, थारुहट तथा मधेश आन्दोलन हुन्छ, त्यहाँ गोलीमात्र किन चल्छरु त्यहाँ लाठी र टियर ग्यास किन चल्दैनरु नेपालबाहेक दुनियाँमा कुनैपनि देशमा पुलिसलाई एसएलआर दिइँदैन, नेपालमा मात्र दिइन्छ। या त प्रहरीलाई ट्रेनिङ पुगेन या सुरक्षा निकायको मनोविज्ञान नै यस्तै हो कि जाने बित्तिकै गोली ठोक्छ।’
सिंहले प्रहरीको लागि लाठी र अश्रुग्यासको व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरे।




प्रतिक्रिया