उखु किसानको भुक्तानी र रासायनिक मलको व्यवस्था गर्न सांसद सिंहको माग

उखु किसानको भुक्तानी र रासायनिक मलको व्यवस्था गर्न सांसद सिंहको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी र रासायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले रोपाईंको समय सुरु हुनै लाग्दा पर्याप्त मलको व्यवस्था सरकारले तत्कालै गर्नुपर्ने माग गरे ।

साथै, उनले उखु किसानको भुक्तानी गर्न पनि सरकारसँग माग गरे । ‘उखु किसानको पैसा चिनी मिलले दिन सकेको छैन । सरकारले दिने रकम पनि उपलब्ध भएको छैन’, उनले भने ।

सिंहले भने, सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् । चाँडै उखु किसानको भुक्तानी होस् र सरकारले दिने रकम पनि किसानलाई चाँडै उपलब्ध होस् ।’

बागमतीको कटानले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ मा करिब ५० हजारभन्दा बढी नागरिकहरूको उठीबास हुने अवस्था रहेको भन्दै सिंहले सरकारको ध्यानाकर्षण पनि गराए ।