कांग्रेस एमालेलाई त्रिविकाे सम्पत्ति बाँडेर पार्टी कार्यालय बनाउन सांसद सिंहकाे सुझाव

कांग्रेस एमालेलाई त्रिविकाे सम्पत्ति बाँडेर पार्टी कार्यालय बनाउन सांसद सिंहकाे सुझाव


काठमाण्डु–स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले) लाई त्रिभुवन विश्वविद्यालयको सम्पती आधा–आधा बाँढ्न सुझाव दिएका छन् ।

आजकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कांग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिएका छन्।

‘दुई वटा दलले त्रिभुवन विश्वविद्यालयको सम्पती आधा आधा बाँडेर आधा आधामा पार्टी कार्यालय बनाऔँ। आधा कांग्रेस, आधा एमाले बाँडौ। किनकी विद्यार्थीलाई त सबैलाई विदेशमा लखेटेकै हो। दुई दलको सरकार छ अहिले यही मौका छ कि त्रिभुवन विश्वविद्यालयमा त्यत्रो ३३ सय रोपनी जग्गा छ, बाँडेर दलको नाममा दर्ता गरौँ,’ उनले भने।

नेपाली विद्यार्थीहरूलाई विदेशमा लखेटेर त्रिभुवन विश्वविद्यालयमा भागबन्डाको राजनीति गरेको भन्दै सम्पति बाँडफाँट गरेर दलको नाममा दर्ता गर्न र पार्टी कार्यालय खोल्न सुझाव दिए।

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कोसिस भइरहेको भन्दै ठूला दलहरूले आफूलाई चोख्याउनका लागि हदम्याद राख्न लागिएको उनको भनाइ थियो।