देश संकटमा रहेको भन्दै सबै दललाई एकजुट हुन अमरेश सिंहको आह्वान

देश संकटमा रहेको भन्दै सबै दललाई एकजुट हुन अमरेश सिंहको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले देश गम्भीर संकटबाट गुज्रिरहेको भन्दै संसदभित्र रहेका सबै राजनीतिक दललाई राष्ट्रिय मुद्दामा एकजुट हुन आह्वान गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले देशमा नागरिकदेखि व्यवसायी, युवा र विद्यार्थीसम्म निराशा बढ्दै गएको बताए। उनले संसदबाट नै निराशा र अस्थिरताको भाष्य निर्माण गर्न नहुनेमा जोड दिए।

‘आज देशमाथि संकट छ, जनतामाथि संकट छ। व्यवसायीदेखि नागरिक, युवा र विद्यार्थीसम्म निराशा छ। यसलाई अझ बढाउने होइन, समाधान खोज्नुपर्छ,’ उनले भने।

सिंहले सभामुखमार्फत् संसदमा रहेका सबै दललाई राष्ट्रिय मुद्दामा सहमति खोज्न आग्रह गरे।

सबै दल मिलेर अघि बढे मात्रै देशको संकट समाधान गर्न र जनतामा बढेको निराशा हटाउन सकिने उनको भनाइ थियो।

उनले सत्ता र प्रतिपक्ष स्थायी नहुने उल्लेख गर्दै लोकतन्त्र र राष्ट्र जोगाउनु सबै राजनीतिक दलको साझा दायित्व भएको बताए।

‘राज्य रह्यो भने, लोकतन्त्र रह्यो भने र जनता रहे भने फेरि हामी राजनीति गरौंला। कोही सत्तापक्षमा होलान्, कोही प्रतिपक्षमा। तर जनता र लोकतन्त्र नै समाप्त भयो भने हामी कहीँका रहँदैनौं,’ सिंहले भने।