सभामुखले कालो चश्मा हटाउन दिएको निर्देशनप्रति रास्वपा सांसदको असन्तुष्टि, लुगा र चश्माको बहस नगर्न चेतावनी

सभामुखले कालो चश्मा हटाउन दिएको निर्देशनप्रति रास्वपा सांसदको असन्तुष्टि, लुगा र चश्माको बहस नगर्न चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमृता विकले प्रतिनिधिसभामा व्यक्तिको पहिरन र चश्मामा बहस नगर्न आग्रह गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बहस नीति र जनजीविकाका विषयमा केन्द्रित हुनुपर्ने बताइन् ।
संसद्मा व्यक्तिको पहिरन, चस्मा वा बोलीमा भएका सामान्य त्रुटिलाई राजनीतिक बहसको विषय बनाउने प्रवृत्तिप्रति उनको असन्तुष्टि थियो ।

विकले प्रतिपक्षको जिम्मेवारी सरकारको विरोध गर्नुमा मात्रै सीमित नहुने बताइन् ।

उनले संसद्मा हुने बहसको प्राथमिकतामाथि प्रश्न उठाउँदै विकास, शिक्षा र अर्थतन्त्रजस्ता विषय ओझेलमा परेको बताइन् ।

‘आज हाम्रो प्रतिपक्षको बहस हेर्दा देशको विकास, शिक्षा र अर्थतन्त्रभन्दा कसले कस्तो लुगा लगायो ? कुन रङको चस्मा लगायो ? कसले जिब्रो चिप्ल्यायो भन्ने कुराले सदनमा बढी ठाउँ पाएको देखिन्छ,’ उनले भनिन् ।

यस्तो प्रवृत्तिले संसद्को मूल भूमिकालाई कमजोर बनाउने भन्दै विकले सत्तापक्ष र प्रतिपक्ष दुवैले प्रतिनिधिसभालाई नीति र अनुसन्धानको थलोका रूपमा विकास गर्नुपर्ने धारणा राखिन् ।

यसअघि एमाले सांसद् चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पोशाकलाई लिएर प्रतिनिधिसभामा प्रश्न उठाएका थिए ।
मण्डलले प्रधानमन्त्रीले संसद्मा राष्ट्रिय पोशाक प्रयोग नगरेको भन्दै आपत्ति जनाए ।

सभामुख डोलप्रसाद अर्यालले केही दिनअघि कार्यव्यवस्था परामर्श समिति बैठकमा दलहरुका प्रमुख सचेतक र सचेतकलाई संसदमा आफ्ना सांसदलाई कालो चश्मा लगाउन रोक्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित रास्वपा धेरै र अरु दलका केही सांसदले संसदमा आउँदा कालो चश्मा लगाउने गरेका छन् ।